चितवन
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताउनु भएको छ । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको आज उद्घाटन गर्दै उहाँले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताउनुभयो ।
राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले भन्नुभयो, “पञ्चायत विरोधी आन्दोलन भनाँै या २०६२/६३ को आन्दोलन, शान्ति प्रक्रिया, शान्ति सम्झौता यी सबै राष्ट्रिय सहमतिबाटै सम्भव भएको हो ।”
उहाँले थप्नुभयो, “सङ्घीय गणतान्त्रिक लोकतन्त्र पनि राष्ट्रिय सहमति र सम्झौताबाटै भएको हो।” विकास र समृद्धि अहिलेको मुख्य एजेण्डा भएको भन्दै उहाँले आम नेपालीले खोजेको उत्पादन वृद्धि र रोजगारीको सृष्टि गर्ने, देशभित्रै आर्थिक विकास एउटा नयाँ युगतिर लैजाने कुरा नै सबै नेपालीको चाहना भएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अध्यक्ष दाहाललाई सम्बोधन गर्दै मुलुक अप्ठ्यारो अवस्थामा रहेको भन्दै विपक्षीहरुलाई पनि सँगसँगै समृद्धितर्फको यात्रामा लैजान आग्रह गर्नुभयो ।
कांग्रेस महामन्त्रि कोईरालाले भने सरकारले सहमतिको वातावरण बनाउन नसकेको बताए। सरकार गठनको एक वर्षभन्दा बढी हुँदा पनि सरकारको दिशा अल्मलिएको आरोप लगाए।
प्रतिपक्षीको हैसिएतमा रचनात्मक रुपमा प्रस्तुत हुँदा सरकारले त्यसको अवमूल्यन गरेको बताए।’हामी सकारात्मक प्रतिपक्षको भूमिकामा खेल्न चाहन्छौं, हामीलाई साथ लिएर गएको खण्डमा नेपालमा समृद्धि आउन्छ, ‘कोईरालाले भने,
एक वर्ष भन्दा लामो समय हुँदा पनि सरकार कताकता रुमलिएिको जस्तो देखिएको छ, त्यसैले अब सहमतिको विकल्प छैन। कम्युनिस्ट सरकार गठन भएको लमो समय वितिसक्दा पनि केही काम गर्न नसकेको आरोप लगाए।