प्रधानमन्त्री निवास किनबेच भएको छैन

समाचार
शेयर गर्नु होला

काठमाडौं 

सरकारले प्रधानमन्त्रीको निवास रहेको बालुवाटारस्थित जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ । यद्यपि शारदाप्रसाद त्रिताल नेतृत्वको समितिको समितिको सिफारिसका आधारमा ललिता निवासको जग्गा किनबेचमा रोक लगाइेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बास्कोटाले भने, ‘प्रम निवासको जग्गा किनबेच भएको छैन, जोडिएको ललिता निवासको कुरा हो ।’

सरकारी सम्पत्तिको रक्षा गर्नु सरकारको दायित्व भएको भन्दै उनले यसबारे थप छानविन गर्ने र दोषीलाई कारबाही गर्ने बताए ।

‘दोषी देखिन्छ भने कोही पनि उम्कँदैन, यसमा सत्ता र प्रतिपक्षको प्रश्न हुँदैन’ मन्त्री बास्कोटाले भनेका छन् । अनुचित ढंगले व्यक्तिको नाममा लगिएको जग्गा सरकारको नाम ल्याइछाड्ने उनले बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *