नेपालमा पब्जी खेल प्रतिबन्ध

समाचार
शेयर गर्नु होला

काठमान्डौ

सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलले आत्महत्याकाे घटना बढेकाे भन्दै प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन्। पब्जी खेलका कारण विभिन्न घटना भएको भन्दै प्रहरीमा उजुरी परेपछि नेपाल दुरसञ्चार प्राधिकरणले बन्द गर्ने निर्णय गरेको हो।

नेपाल दुरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले पब्जी खेलमा प्रतिबन्ध लगाएको बताए । पब्जी इन्टरनेटबाट खेलिने भिडियो गेम हाे । यो खेल दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले बनाएकाे हाे ।

पबजी आज बालबालिका तथा किशोरहरूका लागि लत बनेको छ। ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक ‘भर्चुअल’ हो।

यसको क्रेज अहिले नेपालमा मात्र होइन, संसारभरि छ। रिलिज भएको एक वर्षमै पब्जी एकदमै लोकप्रिय भयो। अहिले यो करोडौं मोबाइल प्रयोगकर्ताको प्रिय खेल बनिसकेको छ।

यो गेममा ‘ब्याटलग्राउन्ड’ अर्थात् रणभूमिमा सबैलाई परास्त पार्दै अन्तिमसम्म टिक्ने प्रतियोगी विजेता हुन्छ। ‘काउन्टर स्ट्राइक’ र ‘ओभरवाच’ जस्ता गेमलाई पछि पार्दै पब्जी अहिले सबैभन्दा धेरै राजस्व संकलन गर्ने गेम बनेको छ।

तर, इन्टरनेटसँग जोडिएर अनलाइन खेलिने यो खेलले खेल्नेहरूको मस्तिष्कमा नकारात्मक प्रभाव परिरहेको अध्ययनले देखाएको छ। समूहमा खेलिने यो खेलको लतका कारण धेरैलाई मानसिक समस्या देखिन थालेको विश्व स्वास्थ्य संगठनले समेत जनाएको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *