धन र यश प्राप्तिका लागि शुक्रवार गरौ लक्ष्मीजीको पूजा र व्रत

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

शुक्रवार माता लक्ष्मीको पूजा र व्रत

हरेक शुक्रवारमा माता लक्ष्मीको पूजा र व्रत गरिन्छ। यस दिन व्रत गर्दा माता लक्ष्मीको कृपा बनिरहन्छ र घरमा कहिले पनि सुख-शांति एवं धन-धान्यको कमी हुदैन। मान्यता छ कि यदि कुनै पनि व्यक्ति लामो समय बाट आर्थिक तंगीबाट निक्लन सकिरहेको छैन भने त्यसतो ब्यक्तिले माता लक्ष्मीको पुरै विधि विधान पूर्वक पूजा पाठ गरे त्यसको समस्या दुर हुनेछ । घरको बरकत बनाईराख्नको लागि हरेक शुक्रवार माता लक्ष्मीको पूजा र व्रत गर्नु पर्दछ। तर यो व्रतको पूजन, आराधना, मंत्र-जाप आदिको विधान पूरी निष्ठा संग गर्नु पर्दछ ।

यसरि गरौ शुक्रवारमा माता लक्ष्मीको पूजा

प्रत्येक शुक्रवार सूर्योदय भन्दा पहिले स्नान गरेर माता लक्ष्मीको पूजा गरौ। पूजामा सर्बप्रथम माता लक्ष्मीको प्रतिमा स्थापित गरौ या माताको प्रतिमालाई गंगाजलले साफ गरेर स्थापित गरौ।

त्यसपश्चात लक्ष्मीलाई सेतो कमलको फूल र सेतो मिठाई अर्पित गरौ यस्तो गर्दा धनको प्राप्ति हुन्छ। साथै बेलुका पीपलको रुखमा पंचमुखी दीपक जलाउन नभुलौ यस्तो गर्दा देवी लक्ष्मीको कृपा बनि रहन्छ।

बिहान पूजा गर्दा लक्ष्मी यंत्रको पूजा पनि अवश्य गरौ। मान्यता छ कि माता लक्ष्मीको आरती गर्ने समयमा यदि संभव छ भने चांदीको सिक्कालाई आरतीको थालीमा राखौ ।यस्तो गर्दा धनको कहिले समस्या हुदैन र धन सदा भैइरहन्छ।

शुक्रवार माता लक्ष्मी पूजनमा यि मंत्रहरुको गरौ उच्चारण

लक्ष्मीको पूजाले सुख-समृद्धि को प्राप्ति हुन्छ। वैभव र यश लाभ हुन्छ। माता लक्ष्मीको पूजामा यि मंत्रहरुको १०८ पटक जाप गरौ।मंत्रको जाप पश्चात मात लक्ष्मीको आरती गरौ र व्रत राखौ।

१-श्री महालक्ष्म्यै नमः। ऊँ महालक्ष्म्यै नमः।

२-श्री महालक्ष्म्यै नमः। ऊँ महालक्ष्म्यै नमः।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *