निरिशा बस्नेत र मनिश श्रेष्ठको नयाँ चलचित्र “जानी नजानी” को नयाँ गीत “तिमी मात्रै” सार्वजनिक [भिडियो]

फोटो फिचर मनोरञ्जन
शेयर गर्नु होला

“तिमी मात्रै”

भर्खर मात्र प्रदशनमा आएको नया नेपाली चलचित्र “जानी नजानी” को अर्को गित “तिमी मात्रै” सार्बजनिक गरिएको छ। रोशनी ईन्टरटेन्मेन्टस को प्रस्तुती र निर्देशक बसन्त अधिकारीले निर्देशन गरेको चलचित्र “जानी नजानी” एेउटा प्रेम कथाका साथै सामाजिक सन्देश बोकेको चलचित्र रहेको छ।

गित “तिमी मात्रै” लाई सुगम पोखेरल् र अपशरा घिमिरेले गाएका छन। उक्त गितको रचना प्रतिक पौडेलले गरेका छन भने गितमा संगित अर्जुन पोख्रेलको रहेको छ। उक्त गितमा चलचित्रका लिड कलाकार मनिश श्रेष्ठ, निरिशा बस्नेत लाई फिचर्ड गरिएको छ।

चलचित्रको मुख्य गित “तिमी मात्रै” को छायान्कन धेरै नै राम्रो गरिएको छ पिक्चर्स को कवालीटी पनी धेरै नै राम्रो छ। चलचित्रमा कलाकार हरुको कुरा गर्दा यसमा मनिश श्रेष्ठ, निरिशा बस्नेत, सनी सिङ, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनि केसी र अन्य थुप्रै कलाकार हरुको अभिनय रहेको छ।

चलचित्रको टेक्निकल पक्ष को कुरा गर्दा यस चलचित्रको निर्देशन बसन्त अधिकारीको रहेको छ। संगित अर्जुन पोखरेलले दिएका छन। चलचित्र चैत्र १ यानी १५ मार्च मा रिलिज भएको थियो।

गित तल हेर्नुहोस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *