बिरामीकाे गुनासाे-‘सरकार यही हो सम्बृद्धी !’

समाचार
शेयर गर्नु होला

काठमाडौ

बिरामीको उपचार नगरी आन्दोलनमा होमिएका सरकारी चिकित्सक बिरुद्ध जनमत बढ्दै गएपछि चिकित्सकहरु अस्पताल परिसरमा बसेर बिरामीको सेवा गर्न थालेका छन । समायोजनका नाममा सरकारले दुर्गम क्षेत्रमा सरुवा गरेपछि सुगममा मात्रै काम गर्न पाउनु पर्ने माग गर्दै सरकारी चिकित्सकहरु आन्दोलनमा होमिएका थिए ।

सरकारले माग पुरा नगर्ने, सरकारी चिकित्सक आन्दोलनमा नाममा बिरामीलाई बिचल्लीमा पारेको भन्दै सर्वत्र आलोचना हुन थालेपछि आन्दोलनरत चिकित्सकहरुले सादा कागजमा सरकारी चिकित्सक संघ (गोदान)को छाप लगाएर बिरामीको परीक्षण शुरु गरेको छ ।

सरकारी अस्पतालका चिकित्सक आन्दोलनमा लागेपछि निजी अस्पतालका दलालहरु अहिले नीजि अस्पतालमा बिरामी लैजान चलखेल गर्ने गरेको पाइेको छ । वीर अस्पतालकै ट्रमा सेन्टरमा आउने बिरामीलाई पनि अस्पतालको परिसरमा राखेर चेकजाँच गरेजस्तो गर्ने र बिरामीलाई प्राइभेट क्लिनिकमा पठाउन दलालको चलखेल तीव्र भएको छ ।

एक सातादेखि चिकित्सकहरुको हड्तालका कारण आकस्मिक बाहेकका सेवा ठप्प रहेको वीर र ट्रमा सेन्टरमा बिहान सबेरै देखि बिरामीको भिड लाग्ने गरेको छ । सकारी अस्पतालमा बिरामीको भिड बढ्दै गएपछि प्रहरीले हस्तक्षेप गरी बीर अस्पतालको काउन्टर खुलाएको थियो । काउन्टर खुले पछि ६ दिनदेखि आन्दोलनरत सरकारी चिकित्सकहरूले सेवा बहिष्कार गदै आएकोमा आन्दोलनको स्वरुप परिर्वतन गरी बिरामीको परीक्षण गर्न शुरु गरेको हो ।

आन्दोलनका कारण बिरामीहरुले बिषेशज्ञ सेवा भने पाउन सकेका छैनन । खुल्ला आकास मुनि बिरामीको भीड लागेको छ । बिरामीको ओिरो देख्दा देशकै पुरानो र जनताको विश्वास जित्न सफल वीर अस्पतालको महत्व र मर्म बुझेका बिरामीहरुको भीड अस्पतालमा लाग्ने गरेको छ । बिरामीको मर्म नबुझेको सरकार र आन्दोलनरत चिकित्सकहरुलाई लाज लाग्नुपर्ने बिरामीहरुले बताएका छन ।

बिरामीहरुले झण्डै एक हप्ताको दुःख बिर्सर्दै लामबद्ध भएर खुल्ला भुईमा नै बसेर स्वास्थ्य परिक्षण गराउन पाउँदा युद्ध जितेको अनुभव भएको बताएका छन ।

धनगढीका समिरा रसाईली बच्चाको उपचारकालागि आएको एक सातामा बाहिरै भएपनि परीक्षण गराउन पाएकोमा आफु भाग्यमानी भएको बताउभयो । उहाँले भन्नुभयो–यस्तो आन्दोलन र हड्ताल स्वास्थ्य संस्थामा हुन नहुने सरकार र चिकित्सक दुबै पक्षले जनस्वास्थ्य माथी खेलबाड गरे ।

हामीलाई चुनावमा भोट माग्न जाने नेताहरुलाई भेट्न पाए एकपटक सोध्ने थिए यहि हो हाम्रो स्वास्थ्य अधिकार ? वीर अस्पतालमा पहिला देखि नै जाँच गराउँदै आएको २ वटा बच्चा बोकेर बुहारी एक्लै काठमाडौ आउन गाह्रो हुने भएर आफु साथी आएको तर आफै बिरामी पर्न थालिसकेकोे रसाइली बताउनुहुन्छ ।

चुनाव ताका नेताहरुले भनेका थिए अब तपाईहरुका दुःखका दिन सकिए । बन्द हड्ताल कही हुँदैन, जनस्वास्थ्यका लागि बिशेष कार्यक्रम ल्याउँछौ । खोइ त ल्याएका यही हो त बिशेष कार्यक्रम ?

गोदानको नेतृत्वमा सरकारले सार्वजनिक गरेको कर्मचारी समायोजनको सूचीविरुद्ध शुक्रबारदेखि अनिश्चितकालीन सेवा–बहिष्कारमा उत्रदा हजारौ रिफरलत तथा बिपन्न बिरामीहरु मारमा परेकै कारण निरीह भएर दलालले जता भन्यो त्यतै जान बाध्य देखिन्छन् ।

यतिबेला सरकारको उपस्थिति कहाँ छ बिरामीहरुले प्रश्न गरिरहेका छन । सरकार यही हो त सम्बृद्धी पीडित बिरामीहरुले प्रश्न गर्न थालेका छन ।नेपाल समाचारपत्र दैनिक


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *