काठमाडौं
नेपालले आईसीसी यू–१९ विश्वकप क्रिकेटान्तरर्गत एसिया क्षेत्र छनोटमा विजयी सुरुवात गरेको छ। नेपालले आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको हो ।यससँगै नेपाल २ अंकसहित नेट रनरेटको आधारमा अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । आजै ओमानलाई हराएको कुवेत दोस्रो स्थानमा छ ।
सिंगापुरका लागि कुनै पनि खेलाडीले राम्रो रन बनाउन सकेनन् । दुई खेलाडीले दोहोरो अंकको स्कोर बनाए पनि अन्य खेलाडीले दोहोरो अंक नै बटुल्न सकेनन् । सिंगापुरका इशान सवनीले २८ र साई भेनुगोपालले १८ रन बनाए ।
सिंगापुरलाई सस्तैमा समेट्न नेपालका पवन सर्ाफले तीन विकेट लिए । त्यस्तै, सूर्य तामाङ र कुशल मल्लले समान २–२ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले रोहित पौडेलको कप्तानी इनिङमा राशिद खान र कमल सिंह ऐरीको तुफानी ब्याटिङ थपिएपछि नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो ।
नेपालको लागि कप्तान रोहित पौडेल शतक बनाउनबाट चुके । उनले ९५ रन बनाए । १०७ बल खेलेका उनले ७ चौका र एक छक्का प्रहार गरे । राशिद खानले आक्रामक ब्याटिङ गर्दै ४ चौका र २ छक्का प्रहार गरे तर उनी पनि अर्धशतबाट चुके ।
राशिदले ४६ रन बनाए । कमल सिंह ऐरीले तुफानी ब्याटिङ गर्दै १८ बलमा ३१ रन बनाए । उनले ३ छक्का प्रहार गरे । पवनले४७ र भीम शार्कीले २६ रन बनाए ।