सरकारविरुद्ध आन्दोलन गर्न सभापति देउवाकाे कार्यकर्तालाई निर्देशन

समाचार
शेयर गर्नु होला

काठमान्डौ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् । उनले केपी ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गरिरहेको उल्लेख गर्दै विरोध गर्न आफ्नो पार्टी तयार भएकाे बताए ।

शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले संवैधानिक परिषदको बैठक बोलाएर संवैधानिक निकायको पदाधिकारीसमेत एक लौटी ढंगले निर्णय लिने काम गरेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए ।

प्रधानमन्त्री ओलीले आफू नाऔने पत्राचार गर्दागर्दै संवैधानिक परिषदको बैठक बोलाएको प्रति उनले आपत्ति जनाएका थिए । कार्यक्रममा बाेल्दै सभापति देउवाले प्रधानमन्त्रीले सेना परिचालन गर्न पाउने व्यवस्थाबारे असन्तुष्टि जनाएका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *