वायुसेवा निगमको दुबै उडान रद्द प्रकरण : ६ कर्मचारीलाई कारावाही सिफारिस

समाचार
शेयर गर्नु होला

काठमाडौं 

नेपाल वायुसेवा निगमको यही चैत १९ गते राती सवा नौ बजे काठमाडौं दुबैइ उडान रद्द गर्ने कर्मचारीलाई कारबाही सिफारिस भएको छ । निगमको उक्त उडान रद्द भएको विषयमा आवश्यक छानबिन गर्न बनेको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने संयोजकत्वको एक समितिले शुक्रबार प्रतिवेदन बुझाएको छ ।

पर्यटन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको उक्त प्रतिवेदनमा सम्बन्धित निकायका छ जना कर्मचारीलाई विभागीय कारबाही गर्न समितिले किटानीसहित सिफारिस गरेको छ ।प्रतिवेदनमा विमानस्थलको टावरमा कार्यरत दुई कर्मचारीबीच प्रभावकारी समन्वय नभएको भन्दै कारबाही गर्न भनिएको छ ।

त्यस्तै, उडान रद्द भएपछि यात्रु व्यवस्थापनमा तत्काल उपयुक्त कदम नचालेको भन्दै निगमका दुई कर्मचारीलाई र ह्यांगरबाट पार्किङ वेमा जहाज ल्याउँदा समन्वयमा कमजोरी गर्ने निगमकै थप दुई कर्मचारीलाई पनि विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ ।

व्यक्तिविशेषको आदेशका भरमा काम हुने गरेको पाइेको भन्दै प्रतिवेदनमा लिखित रूपमा समस्या समाधान गर्ने विधि विकास गर्न नागरिक उड्डयन प्राधिकरणलाई सुझाब दीएको छ । समितिले धावनमार्ग बन्द गर्नेबारे हवाई सेवा प्रदायक कम्पनीलाई दीएको सूचना ‘नोटम’ कार्यान्वयन सबै कर्मचारीबाट समान रूपमा हुनुपर्ने सुझाब पनि दिएको छ ।

प्रतिवेदनमा यात्रु भरेर उडानका लागि ठिक्क परेको अन्तर्‍ाष्ट्रिय विमानलाई काममा बाधा नपर्ने गरी समन्वय गरेर सकेसम्म उडाउनेतर्फ ध्यान दिन पनि सुझाब दीएको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *