बेझाड
विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरलाई शुक्रबार सदरमुकाम तानसेनबाट दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
शिक्षक सेवा आयोगबाट लीएको आन्तरिक परीक्षामा उत्र्तीण हुनुभएका बुढामगरलाई शिक्षा एकाइ समन्वय समिति पाल्पाको कार्यालयमा नियुक्तिपत्र लिन आउने क्रममा पक्राउ गरिएको हो ।
उहाँमाथि अनुसन्धान भैरहेको र आईतबार मात्र मुद्दा दर्ता हुने प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो। पक्राउ परेका बुढामगरलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । मुद्दा दर्ताको विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बुढामगरले रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाको कुवारी आधारभूत विद्यालयमा अध्यापन गर्दै आउनुभएको छ । रासस