यू-१९ विश्वकप छनोट : डकवर्थ लुइस मेथडबाट नेपाल १ रनले पराजित

खेलकुद
शेयर गर्नु होला

काठमाडौं

आइसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोट अन्तर्गत युनाईटेड अरब इमिरेट्स (युएई) सँग नेपाल पराजित भएको छ । वर्षाका कारण प्रभावित खेलमा युएईले नेपाललाई १ रनले पराजित गरेको हो । खेलको निर्णय डकवर्थ लुइस मेथडबाट भएको हो ।

नेपालले हरि चौहान र भीम सार्कीको अर्धशतकको मदतमा ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको युएईले ३० ओभरमा ३ विकेटको क्षतिमा १२२ रन बनाउँदा पानीले खेल रोकियो ।

लगातार पानी परेपछि डीएल मेथडबाट युएई मात्र एक रनले विजयी भएको घोषणा भयो । नेपालको सुरुवात राम्रो थिएन । २२ रन जोड्दा पहिलो विकेट गुमाएको नेपालले ११५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो । हरि र भीमले छैटौं विकेटका लागि ९२ रनको साझेदारी गर्दै पारी सम्हालेका थिए । रित गौतमले ४४ रन जोडे ।

दोस्रो इनिङमा युएईले नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा खेल प्रभावित भएको थियो । वर्षाले प्रभावित हुन्जेलसम्म मलेसियाले ३ विकेटको क्षतिमा १२२ रन बनाएको थियो ।

उसले ३० ओभर खेलिसकेको अवस्थामा वर्षा भएर खेल स्थगित भएको थियो । मलेसियालाई जितका लागि २० ओभरमा १२६ रन बनाउनुपर्ने थियो । उससँग ७ विकेट बाँकी थिए । वर्षाले खेल प्रभावित हुन्जेलसम्म युएईका विरित्या अरविन्द ४७ रन बनाएर क्रिजमा थिए भने शून्य रनमा पालानियापन मेयाप्पन पनि क्रिजमै थिए ।

युएईका अंश टन्डन ५४ रनमा आउट भएका थिए भने सैयद हैदर पनि ११ रन बनाएर आउट भएका थिए । ४ रन बनाएका आर्यन लाक्रा रन आउट भएका थिए । नेपालका लागि सागर ढकाल र कमल ऐरीले एक–एक विकेट लिएका थिए ।

यो पराजयसँगै नेपाल जारी प्रतियोगितामा एक खेलमा जित र एकमा पराजित भएर अंक तालिकाको तेस्रो नम्बरमा रहेको छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *