अपडेट : सोलुखुम्बुमा विमान दुर्घटनामा मृतकको संख्या ४ पुग्यो

समाचार
शेयर गर्नु होला

काठमाडौं 

अपडेट : सोलुखुम्बुको लुक्ला बिमानस्थलमा भएको मनाङ एअरको हेलिकोप्टर र समिट एअरको नाइन एन ए एम एच जहाज एक आपसमा ठोक्किँदा ४ जनाको घटनास्थलमै ज्यान गएको छ । मनाङ एअरका चालक, समिट एअरका कोपाईलट र विमान सुरक्षामा खटिएका २ जना सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको हो ।

सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको विमान दुर्घटनामा परेको हो । उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर मनाङ र श्री एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्‍ाष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी समीट एयरका को पाइलट एस ढुंगाना र प्रहरी असैइ रामबहादुर खड्काको मृत्यु भएको प्रवक्ता तिवारीले पुष्टि गरेका छन् ।

समीट एयरकै अर्का कोपाइलट आरबी रोकाय गम्भीर घाइते रहेको बताइेको छ । विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ ।

विमानको ठक्करबाट मनाङ एयरको हेलिकोप्टरका क्रु मेम्बरहरु पनि सामान्य घाइते भएका र घाइतेहरुलाई उपचारको लागि हेलिकोप्टरमार्फत् काठमाडौं ल्याइेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *