गुलरिया
बर्दियाको कर्णाली (गेरुवा) नदीमा दुईजना बेपत्ता भएका छन्। नेपालकै लामो पक्की पुल रहेको कोठियाघाटस्थित नदीमा पौडी खेल्ने क्रममा उनीहरु बेपत्ता भएका हुन्।
बाँके जिल्ला कोहलपुर निवासी १९ वर्षीय दीपेन्द्र कार्की र कैलाली जिल्ला लम्की निवासी १९ वर्षीय प्रज्ज्वल कोइराला पौडी खेल्दाखेल्दै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए।
बेपत्ता भएका दुई जनाको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले खोजी गरिरहेको उनले बताए। ६ जनाको समुहमा घुम्न आएका उनीहरु सबैजना पौडी खेल्दै थिए। सोही क्रममा दुईजना बेपत्ता भएको घटना स्थलबाट प्रजि कुरुम्बाङ्गले जानकारी दिए।