काठमान्डौ
चर्चित गायिका मेलिना राई र गायक समिर सिंगक लिम्बुको आवाजमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ वर्ष २०७६ को अवसरमा ‘फेवा तालैमा’ गीतको भिडियो सार्वजनिक भएको हो ।
प्रकाश थुलुङको शब्द तथा मान थुलुङको संगीतमा गीतलाई विश्व अधिकारीले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई निर्माता तथा कलाकार देउ कृष्ण देवन याख्खा लिंखाले निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट पनि निर्देशक देउ कृष्ण देवनकै रहेको छ ।
गीतको भिडियोमा पूर्वका चर्चित पत्रकार टिआर सेनेहाङ्ग, चन्दा ल्वाहाङ्ग कुरुम्बाङ्ग, शिखा पयाङ्गो, दीपा सेनेहाङ्ग लगाएत कलाकारहरुले फिचरिङ गरेका छन् ।
भिडियोलाई सुरेन सेनेहाङ्ग लिम्बुले छायाङ्कन गरेका हुन्, भने अनुप पौडेलले सम्पादन गरेका हुन् ।