जानौ सोमबार शिव पुजाको महत्व र यस बिधिले गरौ भोलेनाथको पुजा

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

सोमबार शिव पुजाको महत्व

सप्ताहको सातै दिन कुनै न कुनै ईश्वरको पूजा, भक्ति र व्रतका लागि हुन्छ । सोमवारको दिन हिन्दू धर्म परमपराको अनुसार भगवान शिवका लागि समर्पित छ। मानिन्छ कि शिवजीको भक्तिका लागि हर समय नै शुभ मानिन्छ। पवित्र मनले पूजा गरेमा शिव आफ्नो भक्तहरु संग चाडैनै प्रसन्न हुन्छन।

किन सोमवारमा नै शिवजीको पूजा गर्नु अधिक लाभदायक हुन्छ? जानौ यस संग संबन्धित मुख्य कुरा-

सोमवारको दिन राखिने ब्रतलाइ सोमेश्वर व्रतको नामले जानिन्छ। यसको आफ्नो धार्मिक महत्व हुन्छ। यसदिन चन्द्रमाको पूजा पनि गरिन्छ। हिन्दु धर्मग्रंथहरुमा सोमेश्वर शब्दको दुइटा अर्थ हुन्छ।

पहिलो अर्थ हो –

सोम यानी चन्द्रमा। चन्द्रमालाई ईश्वर मानेर उनको पूजा र व्रत गर्नु।

सोमेश्वर शब्द को दोस्रो अर्थ हो-

त्यो देव, जसलाई सोमदेवले पनि आफ्नो भगवान मानेका छन। त्यस भगवानको सेवा-उपासना गर्नु, र त्यो देवता हुन – भगवान शिव।

शिवका अनेक नाम

सोमवारको दिन शिव जी को पूजा गर्दा उनको निम्‍नलिखित नामहरुको स्‍मरण गर्दा सांसारिक कष्‍ट र मानसिक तनाव बाट मुक्‍ति मिल्छ । यि नामहरु यस प्रकार छन। ऊं अघोराय नम:, ऊं शर्वाय नम:, ऊं विरूपाक्षाय नम:, ऊं विश्वरूपिणे नम:, ऊं त्र्यम्बकाय नम:, ऊं कपर्दिने नम:, ऊं भैरवाय नम:, ऊं शूलपाणये नम:, ऊं ईशानाय नम:, ऊं महेश्वराय नम:

भगवान शिवक प्रिय १० बस्तु

भगवान शिव तुरंत र चाडै प्रसन्न हुने भगवान हुन। त्ससैले उनिलाई आशुतोष भनिन्छ। जानौ भगवान शिव को प्रिय ११ यसतो सामग्री जसलाई अर्पित करने गर्दा भोलेनाथ हरेक कामना पुरा गर्छन। यो ११ सामग्रीहरु हुन : जल, बेलवपत्र, अंकड़ा, धतूरा, भांग, कर्पूर, दूध, चावल, चंदन, भस्म, रुद्राक्ष ……

शिव पुजा बिधि

सोमबारको दिन बिहान उठेर स्नान गरी सिव मन्दिर गएर शुद्ध जलले शिवलिंगको अभिषेक गरी निम्‍नलिखित मन्त्रको जाप गर्ने। ऊं महाशिवाय सोमाय नम:

त्यसपश्चात गाईको काचो दुध शिवलिंगमा चडाउने यसले तन, मन, धन संग सम्बन्धित समस्या दुर् हुन्छ। त्यसपश्चात शिवलिंगमा मह तथा उखुको रस चडाउने यसले नौकरी या व्यवसाय बाट हुने समस्या दुर गर्छ।

अब कपूर, गंध,फुल,धतुरो र भस्मले शिवजी लाई अभिषेक गरौ। अंतमा आरति गरौ र मन बाट मनोकामना पूर्ति को कामना गरौ।

सोमवार शिवलिंगको पूजा अर्चना गरीसकेपाछि कुशको आसनमा बसेर रुद्राक्ष माला द्वरा शिवको मन्त्रको जाप गरेमा विलक्षण सिद्धि तथा मनको ईच्छा पुरा हुन्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *