अन्तरिक्ष क्षेत्रमा मानबजातीको अर्को ठुलो उपलब्धी ,स्ट्रेटोलन्च सिस्टमको ठुलो यान, पढनुहोस के रहेछ यो बिमान ?[भिडियो]

फोटो फिचर समाचार
शेयर गर्नु होला

 

बर्तमान समयमा अन्तरिक्ष बिज्ञानको क्षेत्रमा धेरै ठुला आबिषकार हरु र उपलब्धी हाथ पारिसकेको अवस्थामा फेरी नया आयाम थपिएकोछ र उक्त उपलब्धीलाई मानब ईतिहाशको अर्को ठुलो उपलब्धी मान्न सकिन्छ। हालै मात्रै संसारको सबै भन्दा ठुलो र नाम चलेको सफ्टवयर कम्पनी माइक्रोसफ्टका सह संस्थापक पल एलनले खोलेको ‘स्ट्रेटोलन्च सिस्टम’ नामक कम्पनीले तयार पारेको पखेटाका आधारमा दुनियाकै सबै भन्दा ठुलो विमानले उडान भरेको छ । सन् २०११ मा माइक्रोसफ्टका सह संथापक एलनले यो कम्पनी खोलेका थिए ।

कम्पनीले उक्त विमान लाई सेटेलाईट लन्च गर्ने उद्देश्यले तयार पारेको थियो। कुनै पनि भुउपग्रहलाई यस्ले १० मिनेटसम्मको उडानमा बोकेर लन्च गर्दै आकासमा छोड्ने छ । विमानका पखेटा ३८५ फिट लामा छन् । यो परिक्षण सफल भयो भने कुनै पनि सेटेलाइट लन्च गर्दा रकेटबाट अन्तरिक्षमा पठाउनु भन्दा योबाट पठाउनु कम खर्चिलो हुनेछ ।

यो विमानमा दुईओटा एयरक्राफ्ट जोडिएका छन् भने ६ इन्जन रहेका छन् । पहिलो पटक विमानले १७० माइल प्रतिघण्टाको गतीमा १५ हजार फिट उचाइमाथिबाट उडान भरेको छ । ब्रिटिश अर्बपति रिचर्ड ब्रेन्सनको कम्पनी भर्जिन गेलेक्टिकले पनि सेटेलाइट लन्च गर्नसक्ने विमान बनाएको छ । स्ट्रेटोलन्चले आफ्नो यो विमान सबैभन्दा ठुलो बताएको छ । यद्यपी लम्बाइ र चौडाइका आधारमा धेरै ठुलाय एयरक्राफ्टहरू पनि रहेका छन् ।

तर जेहोस यस विमान को सफल परिक्ष्ण पछी अन्तरिक्ष क्षेत्र मा एेउटा कोशे ढुङा को रुप मा यसले थपेको छ र अाउदा दिन हरुमा यस्ता खालका बिमन र उपकरण हरुको माध्यम बाट मानबजाती ले अन्तरिक्ष खोज सम्बन्धी क्षेत्र मा ठुलो उपलब्धी हाशिल गरेन्छ।

भिडिओ तल हेर्नुहोस

भिडिओ श्रोत: गिक वाईर

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *