आईसीसी यू–१९ विश्वकप : आज नेपाल मलेसियासंग भिड्दै

खेलकुद
शेयर गर्नु होला

काठमाडौँ 

आज मलेसियामा जारी आइसीसी यू–१९ विश्वकप छनोटमा नेपाल र घरेलु टोली मलेसियाबीच खेल हुने भएको छ। खेल मलेसियाको स्थानीय समय अनुसार बिहान १० बजेबाट सुरु हुने छ। मलेसियाको सिंलनगोर टर्फ क्लबमा जारी खेलमा नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। दुई खेल खेलेको नेपाल एकमा हार र एकमा जितसहित २ अंक जोड्न सफल भएको छ।

पहिलो खेलमा सिंगापुरलाई २ सय १७ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको नेपाल दोस्रो खेलमा युएई सँग डीएल म्याथडका आधारमा एक रनले पराजित भएको थियो ।

नेपालले दिएको २ सय ४८ रनको लक्ष्य पछ्याएको यूएीले ३० ओभरमा ३ विकेट गुमाएर १ सय २२ रन जोड्दा वर्षाले खेल रोकिएको थियो। वर्षा नरोकिएपछि डीएल म्याथडका आधारमा खेलको निर्णय लिदा नेपाल एक रनले पराजित बन्न पुगेको थियो।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *