एजेन्सि
अभिनेत्री प्रियंका चोपडाले आफुलाई यौन शोषण भएको खुलासा गरेकी छन् । बलिवुडबाट हलिवुडमा जमेकी अभिनेत्री प्रियंका अमेरिकाको न्यूयोर्कमा १० औ महिला सम्मेलनमा बोल्दै यस्तो खुलासा गरेकी हुन् । सो कार्यक्रममा बोल्दै प्रियंकाले आफुले पनि यौन उत्पीडनको सामना गर्नुपरेको बताएकी हुन् ।
उनले भनिन्, ‘यस्तो लाग्छ की महिलाहरुसँग यौन उत्पीडन शब्द जोडिएर आउन्छ, अब एकार्कालाई सपोर्ट गरेका कारण अब हामीलाई कसैले चुप गराउन सक्दैन । यस्तो देखेर निकै हिम्मत आउन्छ ।’
उनले अगाडी भनिन्, ‘यस कोठमामा शायद एक न एक पटक सबैले यसको सामना गरेको हुनुपर्छ। हामिसँग एक आवाज थियो । तर कसैले हाम्रो सुनेन् । अब अहिले सबैले साथ दिएकाले हामि एक्लै छैनौ र मलाई यो कुरा बताउन मलाई कुनै शर्म छैन ।
#मेटू अभियान अन्तर्गत विश्वभर यौन शोषणका घटनाहरु बाहिर आएका थिए र अहिले पनि आईरहेका छन् ।