पेरिश,फ्रान्श
फ्रान्सको राजधानी पेरिशमा अवस्थित ८५० बर्ष पुरानो एतिहाशिक नास्रो-दाम क्याथड्रिलमा एउटा अप्रिय घटना घटेको छ जस्मा उक्त १२वौ सताप्दी देखी को क्याथड्रिलमा भिषण आगलागी भएको छ। बिबिसिले दिएको जानकारी अनुशार उक्त आगलागी हिजो सोमबार बेलुक ६ बजे तिर सुरु भएको थियो।
उक्त आगलागी नास्रो-दाम क्याथड्रिलमा मात्र सिमित नरहेर वर-पर का घरहरुमा समेत फैलिरहेको अवस्था रहेको छ। अहिले सम्म उक्त आगलागीको कारण खुल्न सकेको छैन तर अधिकारी हरुका अनुसार हाल उक्त क्याथड्रिलमा चलिरहेको मर्मतको कार्य संग सङ्लग्न केही कारणले गर्दा उक्त आगलागी भएको हुन सक्ने आसंका गरिएको छ।
अहिले सम्म पनी उक्त क्याथड्रिलमा आगोको ज्वालाहरु तिब्र रुपमा बधिरहेको छ र उक्त आगलागी माथि नियन्त्रण पाउन का लागी भरपुर प्रयाश जारी छ।
उक्त क्याथड्रिलका प्रबक्ताका अनुसार अहिले सम्पुर्ण क्याथड्रिलमा आगो फैलिरहेको अवस्था छ र बढने कर्म जारी छ। उक्त आगलागीको खबर पछी फ्रान्सका रास्ट्रपतीले आफुले देशको नाममा गर्ने सम्बोधन लाई स्थगित गरेका छन भने साथै पेरिसका मेयर एन हिदल्गो यस अघाढी नै उक्त क्याथड्रिलमा पुगिसकेका छन।