एजेन्सी
अभिनेत्री कट्रिना कैफ र रणवीर कपूरको ब्रेकापपछि उनीहरुको कयौं फ्यानहरु निराश भएका थिए। तर यो जोडीले ब्रेकाप गरेको तीन वर्षपछि आ–आफ्नो जीवन बिताउन सुरु गरेका छन् । यता अभिनेता राणवीर आफ्नो फिल्म ‘ब्रम्हास्त्र’को को–स्टार आलिया भट्टलाई डेट गरिरहेका छन् । अर्को तर्फ अभिनेत्री कट्रिना कैफ भने सिंगल नै छ्, साथै उनी लभ लाइफलाई लिएर खासै चर्चामा छैनन् ।
यसै सन्दर्भमा उनलाई किन अरु कसैलाई डेट नगरेकी ? भनेर प्रश्न गर्दा उनले भनिन्, ‘मलाई थाहा छैन कि मैले पुनः कसैसँग डेट गर्न पाउँछु ।’ उनले थपिन्, ‘अहिले म पूरै सिंगल नै छु ।’
बलिउड उद्योगमा अनुष्का शर्मा, प्रियंका चोपडा, दीपिका पादुकोण, सोनम कपूर लगायतका अभिनेत्रीहरुले आ–आफ्नो घर बसाइसकेका छन्, तर अभिनेत्री कट्रिना भने अझैं सिंगलनै छन् ।
यो विषयमा अभिनेत्री कट्रिनाले हाँस्दै भनिन ‘हो, मैले देखिरहेकी छु–सबैले विहे गरिरहेका छन् । प्लीज मलाई पछाडि नछोड्नुहोस् ।’ अहिलेको समयमा कट्रिना अली अब्बास जफरको फिल्म ‘भारत’मा ब्यस्त छन् ।