सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको सभापति देउवाको आरोप

समाचार
शेयर गर्नु होला

कञ्चनपुर

कांग्रेस सभापति एव पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान ओली नेतृत्वको सरकारले एक वर्षमा एउटा पनि राम्रो काम नगरेको टिप्पणी गरेका छन् । मंगलबार प्रेस यूनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले सरकारले हत्या, हिंसा, बलात्कारका घटना न्यूनिकरण गर्न नसकेको समेत बताए ।

‘निर्मलाका हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन’ देउवाले भने, ‘सरकार बलात्कारी र हत्याराको संरक्षणमा लागेको छ ।’ दिनप्रतिदिन देशभर अपराधिक कृयाकलाप बढ्दै गएकोमा देउवाले चिन्ता व्यक्त गरे ।

सरकारले विदेशीको घुडा टिकेर काम गरिरहेको आरोप लगाउँदै देउवाले चिनियाँ कम्पनीलाई बिना प्रतिस्पर्धा ठेक्का दिएकोप्रति रुष्टता प्रकट गरे । सुदूरपश्चिम विश्वविद्यालय लगायत प्राज्ञिक क्षेत्रमा समेत सरकारले हस्तक्षेप बढाएको भन्दै देउवाले शिक्षा क्षेत्र सरकारले धरासायी बनाउन उद्यत रहेको आरोप लगाए ।

प्रजातन्त्र बिना प्रेस स्वतन्त्रता नहुने भन्दै सभापति देउवाले त्यसको समेत सरकारले हस्तक्षेप गरिरहेको बताए । सभापति देउवाले स्थानीय सरकारले जनतालाई अत्यधिक करको भार थुपारेर अनावश्यक दुख दिएको टिप्पणी गरे ।

सभापति देउवाले सरकारले वार्ताका माध्यामबाट नेकपा विप्लवलाई सहमतिमा ल्याउनुपर्ने धारणा व्यक्त गरे । गुट उपगुट कम्युनिस्टमा पनि रहेको बताउँदै सभापति देउवाले पार्टीमा अन्तर्घात गर्नेमाथि कार्बाही गरिने चेतावनी दिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *