काठमाडौँ
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) को इमर्जिङ खेलाडीको मनोनयनमा नेपालका लेग स्पिनर सन्दीप लामिछाने परेका छन् । आईपिएलले हरेक वर्ष उत्कृष्ट युवा खेलाडी इमर्जिङ खेलाडी अवार्डबाट सम्मानित गर्ने गर्दछ ।
यो सिजनको अैपिएलमा इमर्जिङ खेलाडीको मनोनयनमा दिल्ली क्यापिटल्सबाट खेल्ने सन्दीपसहित राजस्थान रोयल्सबाट खेल्ने बार्बाडोसका जोफ्रा आर्चर, मुम्बैइ इण्डियन्सबाट खेल्ने राहुल चहर, रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्ने मोहमद सिराज र किंग्स इलेभेन पंजावबाट खेल्ने श्रेयस गोपाल रहेका छन् ।
आईपिएलको आधिकारिक वेबसाइटमा पाँचै खेलाडीका लागि भोट दिन सकिने आईपिएलले जानकारी दिएको छ । इमर्जीङ खेलाडीको अवार्ड अनलाइनमा प्राप्त मत र टेलिभिजन कमेन्टेटरको रोजाईका आधारमा विजेता घोषणा गरिने आईपिएलले जानकारी दिएको छ।