तीन महिनादेखि कार्यालय प्रमुखविहीन

समाचार
शेयर गर्नु होला

हुम्ला

जिल्लाको एक मात्र मालपोत कार्यालयमा तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । कर्मचारी समायोजनसँगै हुम्लाको मालपोतबाट कार्यलय प्रमुख सरुवा भएलगत्तै अहिलेसम्म निमित्तको भरमा कार्यालय सञ्चालन भैरहेको छ ।

सरुवा भएको महिनौ दिन पुग्न लाग्दासमेत नयाँ कार्यालय प्रमुख नआउदा मालपोत कार्यालयबाट प्रवाह हुने सेवामा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालयको जिम्मा निमित्त कार्यालय प्रमुख मिमसिंह नेपालीले सम्मालिरहनुभएको छ ।

आफूलाई निमित्तको जिम्मा दिए पनि अधिकार नदिएका कारण अन्तिम अवस्थामा हरेक दिन कार्यालयमा जग्गासम्बन्धी रजिस्ट्रेशन तथा नामसारी गर्नेको सङ्ख्या धेरै आउने गरेता पनि सेवाग्राहीले खाली हात फर्कन बाध्य भएको उहाँले बताउनुभयो ।

अहिले मालपोत कार्यालय कम्प्युटर अपरेटर मिमसिंह नेपालीले सम्हालिरहनुभएको छ । तीन महीनादेखि कार्यालय प्रमुख नहुँदा जग्गा पास, राजीनामा, नामसारी, रजिष्ट्रेशन, वकपत्रजस्ता काम रोकिएको नेपालीले बताउनुभयो ।

हुम्ला प्रदेश राजधानीसँग जोडिएन

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाका नागरिक प्रदेश राजधानी पुग्न प्रदेश नं ५ भएर जाने गरेका छन् । यातायातको एक मात्र विकल्प हवाई उडान रहेको छ । कर्णाली प्रदेशको केन्द्र सुर्खेत र हुम्लाको सदरमुकाम सिमकोट बीच प्रत्यक्ष सम्पर्क जोडिएको छैन ।

हुम्लाका बासिन्दाले आफ्नो प्रदेशको केन्द्र पुग्न नियमित प्रदेश नं ५ को नेपालगञ्ज भएर आवतजावत गर्ने गरेका छन् । हुम्लामा उडान भर्ने निजी हवाई कम्पनीले सुर्खेत—सिमकोट नियमित यात्रु उडान नगर्दा प्रदेशको केन्द्रसँग हुम्लाको सदरमुकाम प्रत्यक्ष सम्र्पक नजोडिएको हो।

निजी हवाई कम्पनी र सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले नेपालगञ्जबाट मात्र यात्रु उडान गर्दै आएका छन् । केही समय पहिले सीता एयरले कर्णालीका हुम्ला, मुगु, डोल्पा, र जुम्लामा सुर्खेतदेखि नियमित यात्रु उडान गर्ने तालीका निकालेको थियो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सीता एयरको जहाजबाट डोल्पाको जुफाल र हुम्लाको सिमकोट पुगेर नियमित यात्रु उडानको शुरुआत भएकोे घोषणा गर्नुभएको थियो । प्रदेशको केन्द्र सुर्खेतसँग जिल्ला सदरमुकाम जोड्न सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमले पनि बेवास्ता गरेको छ ।

सङ्घ र प्रदेश दुवै सरकारले ध्यान नदिँदा प्रदेश नं ५ को नेपालगञ्ज हुदै कर्णाली प्रदेश जानुपर्ने बाध्यता रहेको हुम्लाका स्थानीयवासीको गुनासो छ । सुर्खेतबाट हुम्ला, मुगु डोल्पा, र जुम्ला उडान नभएपछि यात्रु नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *