भारतमा टिकटकमाथि प्रतिबन्ध लगाउन अदालतको आदेश

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौं

भारतमा चिनियाँ मनोरन्जनात्मक एप टिकटक प्रतिबन्धको माग भएको छ। मद्रासको उच्च अदालतले केन्द्र सरकारलाई टिकटक प्रतिबन्ध लगाउन माग गरेको हो। टिकटकमा यौन सामाग्रीहरु समावेश गरिएका कारण बालबालिकामा नकरात्मक असर पर्नेहुनाले उक्त एप भारतमा प्रतिबन्ध गरिनुपर्ने अदालतको भनाइ छ।

इन्डोनेसिया र बंगलादेशमा टिकटक प्रतिबन्ध लागिसकेको छ। अमेरिकामा टिकटकबारे नयाँ नियम बनाइेको छ।

दुई महिनाको छलफलपछि बुधबार मद्रासको उच्च अदालतले यस फैसला गरेको हो। टिकटक भारतमा सर्वाधिक प्रचलित एप हो।

यस एप बलिउड अभिनेता, अभिनेत्री, राष्ट्रिय खेलाडीदेखि सर्वसाधारणमाझ प्रचलित छ। भारतमा यसाघि पब्जी मोबाइल गेमलाई प्रतिबन्ध गरिनुपर्ने माग उठेको थियो। पब्जीले मानसिक स्वास्थ्यमा असर गर्ने बताइेको छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *