श्रिमानका कारण बलिउड छाड्दै अनुष्का शर्मा

मनोरञ्जन
शेयर गर्नु होला

मुम्बैइ 

बलिउड नायिका अनुष्का शर्मा पछिल्लो समय फिल्म ‘जीरो’ मा शाहरुख खानसँग देखिएकी थीईन्। त्यसपछि अनुष्काले कुनै पनि फिल्म साइन गरेकी छैनन् । अहिले चर्चा चल्न थालेको छ कि, अनुष्काले अब फिल्ममा अभिनय गर्ने रुचि देखाउन छोडेकी छिन् । यतिबेला उनका हातमा कुनै पनि फिल्म छैनन् । जबकि, उनी बलिउडकी टप हिरोइनमध्ये एक हुन् ।

फिल्म त एकातिर भयो, उनी पछिल्लो समय बलिउडका इभेन्टमा पनि कम जान थालेकी छिन् । कतिपयले अब अनुष्काले बलिउडलाई बाइबाइ गर्न लागेको बताउन थालेका छन् । कारण के होला?

यसको खास कारणबारे त अहिले खुलाइेको छैन । तर, बलिउडमा विराट कोहलीले नै अनुष्कालाई अब फिल्म नखेल्न सल्लाह दिएका समाचार पनि आइरहेका छन् । सूत्रका अनुसार विराट चाहन्छन् कि, अब अनुष्काले परिवार र आफूलाई बढी समय दिऊन् ।

फिल्ममा काम गर्ने कलाकारसँग निकै कम समय हुने गर्दछ । कहिले दिन त कहिले रातमा फिल्मको लागि समय दिनुपर्ने अवस्था आइरहेको हुन्छ । यसकारण अनुष्का पनि विराटलाई समय दिन पाइरहेकी हुँदिनन् ।

यता विराटका नजिकका साथीहरुले यो कुरालाई चाहिँ गलत भनेका छन् । उनीहरुका अनुसार विराटले अनुष्कालाई अभिनय गर्नबाट कहिल्यै रोक्न चाहँदैनन् । विराटलाई थाहा छ कि, अनुष्का बलिउडकी ‘फेमस’ कलाकारमध्ये एक हुन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *