काठमान्डौ
प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेशकुमार थपलियाको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । थपलियाविरुद्ध समितिमा ६ वटा उजुरी परेको थियो । बुधबार उजुरीकर्ता र थपलियासँगको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
अब राष्ट्रपतिले सपथ खुवाएपछि उनले पदभार ग्रहण गर्नेछन् । सुनुवाइ समितिको आजको बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध भने कुनै पनि उजुरी परेको थिएन ।
नाम अनुमोदन अघि सुनुवाई समितिमा थपलिया र ओझाले आफ्नो भावी कार्ययोजना तथा अवधारणा प्रस्तुत गरेका थिए ।
भावी कार्ययोजनामा थपलियाले उपचुनाव, निर्वाचन आचार संहिता स्वच्छ बनाउने जस्ता कुरामा जोड दिएका थिए ।