डडेल्धुरा
अजयमेरु गाउपालिकाको आयोजना गरेको अजयमेरु महोत्सवको उद्घाटन समारोहको स्जेट भाँच्चिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टसहितका पाहुनाहरु स्टेजमै रहेका बेला भाँच्चिएको थियो। घटनामा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा अजयमेरु गाँुपालिका ३ का देवकी पन्त, उर्मिला पन्त र गिता पन्त छन् । तीनै जना सामान्य उपचारपछि घर फर्किएका डडेल्धुरा अस्पताल डडेल्धुराले जनाएको छ ।
मुख्यमन्त्री कार्यक्रम उद्घाटनका लागि स्टेजमै रहेका बेला महोत्सवको स्टेज भाँचिएको थियो । तर मुख्यमन्त्रीलाई कुनै चोट लागेको छैन । स्टेजमा भएकाहरुको प्रहरीले तत्कालै उद्धार गरेको थियो ।