काठमाडौं
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीलगायतका विभिन्न स्थानमा परेको छ। राजधानीमा सवारी साधनको संख्या कम छन्। विहानै गन्तव्यतर्फ निस्किएका सार्वसाधारण सधारी सधान कुरेर बसेका छन्।
राजधानीलगायत मुलुकभरका सुरक्षा व्यवस्था कडा पारिएको छ। राजधानीको चोक चोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ। यसैबीच मुलुकका विभिन्न स्थानमा बम बिस्फोटका घटना भएका छन्। पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौली मा रहेको गाउँपालिका भवनमा बम बिस्फोट भएको छ ।
बमले गाउँपालिका भवनमा क्षति पुगेको छ। बम विप्लव समूहले विस्फोट गराएको अनुमान गरिएको छ। सरकारले फागुन २८ गते विप्लव समूहमाथि प्रतिबन्ध लगाएपछि हालसम्म विप्लव समूका ठूलो संख्यामा नेता तथा कार्यकर्ता पक्राउ परेका छन्।
त्यसतै कोहलपुर, अर्घाखाँची र बागलुङमा शंकास्पद वस्तु फेला परेका छन्। कोहलपुर बसपार्कदेखि पश्चिममा कृषि बजारको नजिकै राजमार्गको बीच भागमा प्रेसरकुकर राखिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहले जानकारी दिए।