काठमान्डौ
सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव राजधानीलगायतका विभिन्न स्थानमा परेको छ। यससै संग देशका बिभिन्न ठाउमा शंकास्पद बस्तु भेटिन थालेका छन्।
कैलालीको गोदावरी नगरपालिकामा बम फेला परेको छ । बम अत्तरिया बजारमा फेला पारिएको हो । बम फेलापरेपछि सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै गरेको स्थानीयहरुले बताएका छन् । बम कस्ले र किन राख्यो भन्नेबारेमा अनुसन्धान भैरहेको बुझिएको छ ।
यस्तै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर–८ कार्यालय अगाडि प्रेसर कुकर बम फेला परेको छ । वडा कार्यालयको गेटमै प्रेसर कुकरमा ‘बम’ लेखेर प्रेसर कुकर राखेको पाइेपछि सुरक्षाकर्मीले सो स्थान घेराबन्दी गरी निस्क्रिय बनाउने प्रयास गरेका छन् ।
विप्लव नेतृत्वको समूहले बन्द आह्वान गरेका कारण उक्त बम सोही समूहले राखेको हुन सक्ने प्रहरीको आशंका गरिएको छ । यस्तै हेटौंडा उपमहानगरपालिका–१९ तीनताप्केमा पनि शंकास्पद बस्तु फेला परेको जनाइेको छ ।
तारसहित प्रेसरकुकर फेला परेपछि सो क्षेत्रमा पनि सुरक्षाकर्मी पुगेर उक्त वस्तुको पहिचान तथा निस्क्रिय पार्ने प्रयास गरिरहेको जनाइेको छ । बम भेटिएको खबर सुनेपछि स्थानीय त्रसित बनेका छन् ।
यसै गरी गण्डकी प्रदेशसभा भवन प्रवेश गेट आगाडी शंकास्पद बस्तु भेटिएको छ । नदिपुरमा रहेको प्रदेशसभा भवन प्रवेश गर्ने गेट अगाडी शंकास्पद बस्तु भेटिएको हो । बम हुन सक्ने भएकाले अहिले नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजको तयारी गरेको छ ।
त्यसै गरि जिरोकिमी नजिकै शंकास्पद बस्तु फेला परेको छ । कालो टेपले बेरेर राखेको अवस्थामा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।