यो त कट्रिनाले गफ दिएकि नै हुन !

मनोरञ्जन
शेयर गर्नु होला

एजेन्सि

चलचित्र ‘भारत’को फस्टलुक सार्वजनिक भएसँगै फ्यानमा चलचित्रलाई लिएर उत्साह थपिएको छ। यो चलचित्रमा नायक सलमान खान र नायिका कट्रिना कैफको मुख्य भूमिका छ । यो चलचित्रका लागि कैफ पहिलो रोजाइकी नायिका भने होइनन् ।

नायिका प्रियंका चोपडाले चलचित्रमा काम नगरेपछि यसको निर्माण टिमले कट्रिनालाई छानेको हो। तर, नायिका कैफले भने यो चलचित्रमा काम गर्दा आफूलाई यसमा सलमान खान थिए भन्ने नै थाहा नभएको बयान दिएकी छिन् ।

भारतीय मिडियासँग कुराकानी गर्दै नायिका कैफले आफू र निर्देशक अली अब्बास जफरविच राम्रो सम्बन्ध रहेपनि चलचित्रको बिषयमा भने व्यवसायिक सम्बन्ध हुने खुलाइन् ।

उनले चलचित्रको कथा हात परेपछि आफूले ३ घन्टामा पढिसकेको पनि बताइन् । चलचित्रको कथा मन परेपछि आफूले काम गर्ने जानकारी दिएको उनको वुझाई छ ।

सलमानले आफूलाई कहिले पनि यो चलचित्रमा काम गर्न लागेको जानकारी नदिएको कैफको तर्क छ ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *