काठमाडौं
नेपालले २०२० को यू-१९ विश्वकप क्रिकेट गुमाएको छ । मलेसियामा बिहीबार सम्पन्न छनोट प्रतियोगितामा वर्षाले प्रभावित खेलमा युएइसँग व्यहोरेको एक रनको हार नेपाललाई घातक बन्यो।
युनाइटेड अरब इमिरेट्सले प्रतियोगितामा आफ्ना सबै खेल जितेसँगै नेपाल विश्वकप खेल्न नपाउने निश्चित भएको हो । युएिले प्रतियोगितामा आफ्ना सबै ५ वटै खेल जित्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको छ । यससँगै युएि विश्वकप पुगेको छ ।
जारी प्रतियोगिताको शीर्ष स्थानमा रहने एक टोली मात्रै विश्वकप खेल्न पाउँछ र त्यो शीर्ष स्थान युएिले कब्जा गरेको छ । प्रतियोगिताको अफ्नो अन्तिम खेलमा नेपालले कुवेतले दिएको १५८ रनको लक्ष्य पछ्याइरहेको छ ।
यो खेल जितेमा पनि नेपाल विश्वकप जान पाउने छैन किनकि यो खेल जितेमा पनि नेपालको अंक ८ मात्र हुनेछ । नेपालले आफ्ना ५ खेलमध्ये युएइविरुद्धको खेल हारेको थियो । वर्षाका कारण रोकिएको खेल डकवर्थ लुइस विधिबाट छोट्याइँदा नेपाल १ रन पछि परेर पराजित भएको थियो ।
त्यही वर्षा र एक रनको दूरीले नेपालको विश्वकप सपना पूरा नहुने भएको हो । आज युएइले ओमानलाई १० विकेटले पराजित गर्दै नेपाललाई विश्वकपको यात्राबाट आउट गरिदिएको हो ।