पोखरा
पोखरामा बम निस्कृय पार्नेक्रममा एक सैनिक जवान घाईते भएका छन्। बिहीबार विहान पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद बस्तु निस्कृय पार्ने क्रममा सैनिक अंअलदार धर्म थापा घाईते भएका हुन्।
पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो ।
त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएका हुन् ।थापाको हातका औंलामा क्षति पुगेको घाइते थापाको अहिले फिस्टेल अस्पतालमा उपचार भैरहेको छ ।
नेत्रविक्रम चन्द विप्लव समूहले आहृवान गरेको नेपाल बन्दका बेला पोखराका विभिन्न ठाउँम शंकास्पद वस्तु फेला परिरहेका छन् ।
पोखरा २९ लेखनाथ घोतघोतेमा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ ।(तस्बिर रासस)