खेलाडीमय नेपालगञ्ज

खेलकुद
शेयर गर्नु होला

नेपालगञ्ज 

यतिबेला नेपालगञ्ज खेलाडीमय भएको छ ।आठौ राष्ट्रिय खेलकूद प्रतियोगिता भएपछि यतिबेला नेपालगञ्ज खेलाडीमय भएको हो । सधै आ–आफ्ना खेलमा व्यस्त हुने खेलाडीलाई अहिले आठौँ खेलकूदले एक ठाउँमा जम्मा पारेको छ । ‘आठौ राष्ट्रिय खेलकूद, हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने मूल नाराका साथ भैरहेको प्रतियोगितामा करीब पाँच हजार खेलाडी सहभागी हुदैछन  ।

३५ खेल समावेश रहेको प्रतियोगितामा नेपालगञ्जमा मात्र १७ प्रतियोगिता हँुदैछ । प्रतियोगितामा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला खेलाडी सहभागी छन् । नेपालगञ्जसहित बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र केही प्रतियोगिता काठमाडौँ, ललितपुर र पोखरामा भैरहेका छन् ।

प्रदेश नं ५ का विभिन्न ठाउँमा प्रतियोगिता हुने भए पनि आज उद्घाटनको दिन सबै खेलाडी नेपालगञ्ज आएका छन् । प्रतियोगितामा मुख्य खेल नेपालगञ्जमा भैरहेकाले अधिकांश खेलाडी नेपालगञ्जमा छन् ।

बाँकेका नेपालगञ्ज, खजुरा र कोहलपुरमा प्रतियोगिता हुँदैछन् । ती प्रतियोगितामा सहभागी हुने खेलाडी सबैका बसाइ नेपालगञ्जमा हुने गर्दछ । खेलाडीको बस्ने व्यवस्था सबै राष्ट्रिय खेलकूद परिषद्ले गरेको छ ।

खेलाडीसँगै प्रशिक्षक, रेफ्री समेतका करीब १० हजार खेलसँग सम्बन्धित व्यक्तिको उपस्थितिले नेपालगञ्ज यतिबेला खेलाडीमय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य विनोद मैनालीले जानकारी गराए ।

‘‘नेपालगञ्ज अहिले खेलाडीमय भएको छ,’’ उनले भने, ‘‘२० वर्षाघि यस्तै खेलाडी नेपालगञ्जमा जम्मा भएका थिए । अहिले फेरि पनि जम्मा हुनुभएको छ ।’’ नेपालगञ्जले सुरेन्द्र हमाल, अनिता श्रेष्ठ र पार्वती थापा गरी तीन ओलम्पियनसहित अन्तर्‍ाष्ट्रिय खेलाडी रहेकाले खेलाडीको शहरका रुपमा चिनिन्छ ।कुनै बेला नेपालगञ्ज अन्तर्‍ाष्ट्रिय खेलकूद प्रतियोगितामा धेरै पटक भित्र्याउने शहरका रुपमा चिनिन्थ्यो ।

नेपालगञ्जमा भारोत्तोलन, सुटिङ, जुडो, एथलेटिक्सका प्रतियोगिताका अन्तर्‍ाष्ट्रिय खेलाडी रहेका छन् । प्रतियोगिताअन्तर्गत बाँकेमा पुरुष फुटबल, बक्सिङ, भलिबल, टेबलटेनिस, उसु, जुडो, ह्याण्डबल, कराते, हक्की, सुटिङ, जिम्न्याष्टिक, साइकिलिङ, आर्चरी, फेन्सिङ, पौडी, एथलेटिक्स र पुरुष क्रिकेटका खेल हुनेछन् ।

यसअघि २०५५ सालमा महेन्द्र रङ्गशालामा चौथो प्रतियोगिता हुँदा पनि खेलाडीको जमघट भएको थियो । नेपालगञ्जस्थित महेन्द्र रङ्गशालामा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको आज साँझ ६ बजे उद्घाटन गर्नेछिन् ।

भारोत्तोलन खेलका पूर्वान्तर्‍ाष्ट्रिय खेलाडी समशुद्दिन सिद्धिकीले खेलाडीको महाकुम्भ लागेको बताए । उनले एकै पटक पाँच हजारभन्दा बढी खेलाडी नेपालगञ्ज आएकाले पुनः खेलाडीको शहर नेपालगञ्ज भनेर चिनाएको बताए ।

‘‘खेलाडीको नेपालगञ्जमा यस्तो महाकुम्भ विरलै लाग्ने गरेको छ,’’ उनले भने, ‘‘अहिले पनि आठौँ खेलकूदले अवसर जुटाएर सबै खेलाडी एक ठाउँमा रहेका छाँै ।’’उनले प्रतियोगितामा बनेका पूर्वाधारले खेलाडीलाई झनै उत्साही बनाएको बताए ।

अहिले बनेका भौतिक संरचनाले नेपालगञ्जमा नै अन्तर्‍ाष्ट्रिय प्रतियोगिता गर्न सक्ने भएको छ। फुटबल, हक्की, भारोत्तोलन जस्ता खेल नेपालगञ्जमा अन्तर्‍ाष्ट्रियस्तरको गर्न सक्ने उनले बताए ।

यस्तै सन् १९८८ मा दक्षिण कोरियामा ओलम्पिक प्रतियोगितामा सुटिङ खेल खेलेकी नेपालगञ्जकी ओलम्पियन खेलाडी पार्वती थापाले प्रतियोगिताले नेपालगञ्जलाई पुरानो स्मरण गराएको बताइन् । उनले आफूसँग ओलम्पिक खेलमा सहभागी भएका पुराना खेलाडी भेट भएको बताइन् ।

‘‘कहिल्यै भेट नहुने आफ्ना साथीसँग भेट्दा खुशी लागेको छ,’’ उनले भनिन्, ‘‘प्रतियोगितामा हार जीतभन्दा नि साथीसँग भेटघाट हुँदा रमाइलो भएको छ ।’’ रासस


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *