माता लक्ष्मी
शुक्रवारको दिन लक्ष्मी जी को पूजा एवम् व्रत गर्दा मानिन्छ कि यसले शुक्र ग्रह बलियो हुन्छ। यस दिन व्रत गर्दा मनोकामनाहरु पनि पूर्ण हुन्छन् र सुख-शांतिको प्राप्ति हुन्छ। जसको जन्म कुंडलीमा शुक्र आफ्नो दशामा अशुभ फल दिरहेको छ भने, यसका लागि व्रत पूजा अत्यधिक लाभकारी हुन्छ।
केहि खास उपायहरु गर्दा माता लक्ष्मी प्रसन्न भएर कष्ट निवारणको आर्शिवाद दिन्छिन। जस्तै यस दिन बेलुका घरको ईशान कोणमा गाईको घिउको दीपक जलाउ। बत्तीमा कपासको स्थानमा रातो रंगको धागोको उपयोग गरौ साथै अलिकत केसर पनि हालौ। शुक्रवारमा दानको पनि अत्यंत महत्व हुन्छ। अत: यस दिन सेतो रंगको वस्तु या खाद्य पदार्थ दान गरौ र गाईको सेवा गरौ।
मातालाई प्रशन्न गर्न बिषेश उपाय
तंत्र शास्त्रको अनुसार केहि साधारण तर सटीक उपाय गरेमा लक्ष्मी आफ्नो भक्त माथि चाडै प्रसन्न हुन्छिन र यदि जन्म कुंडली मा शुक्र आफ्नो दशा मा अशुभ दिरहेको छ। ज्योतिषोंको अनुसार शुक्रवारको दिन दक्षिणावर्ती शंखमा जल भरेर भगवान विष्णुको अभिषेक गरु। यस उपायले माता लक्ष्मी चाडै प्रसन्न हुन्छिन।
महालक्ष्मीको पूजा गर्ने बिधि
माता महालक्ष्मीको पूजाका लागि सर्बप्रथम पवित्र माटोको मूर्ति चौकमा स्थापित गरौ। त्यसपश्चात उनलाई रातो, गुलाबी या फेरि पहेलो रंगको रेशमी वस्त्र लगाउ। यस पूजामा देवी लाई कमल र गुलाबको फूल अवश्य चधाउ, किनभने यो मातालाई अत्यंत प्रिय हुन्छ।
महालक्ष्मीको पूजामा पान, सुपारी, लौंग, इलायची, रोली, कुमकुम, धूप, कपूर र अगरबत्तियोंको प्रयोग अनिवार्य गर्नु पर्दछ। साथै दुर्वा, चंदन र सिंदूर राख्ना पनि नभुलौ । सामर्थ्य अनुसार पूजामा सुन या चांदीको कुनै एक आभूषण पनि शामिल गर्न सकिन्छ।
माताको आठ नाम को जाप गरौ
महालक्ष्मीको पूजामा माताको इन आठ नामको जप गर्नु अति उत्तम मानिन्छ। ऊं आद्यलक्ष्म्यै नम:, ऊं विद्यालक्ष्म्यै नम:, ऊं सौभाग्यलक्ष्म्यै नम:, ऊं अंअृतलक्ष्म्यै नम:, ऊं कामलक्ष्म्यै नम:, ऊं सत्यलक्ष्म्यै नम:, ऊं भोगलक्ष्म्यै नम:, ऊं योगलक्ष्म्यै नम:।