प्रहरी मुख्यालयमै तालिबान लडाकूको आक्रमण

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

बाघ्लान

हतियारधारी लडाकूहरुले अफगानिस्तानको प्रहरी मुख्यालयमा आक्रमण गरेका छन् । तालिबान लडाकूहरुले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री शहरमा रहेको प्रहरी मुख्यालयमा अैतबार आक्रमण गरेका हुन् ।

प्रहरी अधिकारीहरुले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जनाएका टोलो समाचार समितिले उल्लेख गरेको छ । उनीहरुले आक्रमणको भने पुष्टि गरेका छन् ।

आक्रमणकारीहरुले प्रहरी मुख्यालयनजिकै कारबम विस्फोटन गराएको प्रहरी अधिकारीहरुको भनाई छ । विस्फोटनसँगै अन्य बन्दुकधारीहरुले पनि गोली प्रहार गरेका थिए ।

गोली हानाहान जारी रहेकाले थप विवरण अौन बाँकी नै रहेको प्रहरी अधिकारीहरुले जनाएका छन् । (रासस /एएएन्आइ)


शेयर गर्नु होला
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *