एजेन्सि
केही समय अघिसम्म बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफ प्रेममा थिए । उनीहरुको प्रेम खुल्लम खुल्ला थियो । उनीहरु बिबाह गर्ने तयारीमा सम्म पुगिसकेका थिए । प्रेममा रहँदा उनीहरुले एउटा अपार्टमेन्ट किनेका थिए । उनीहरु, सोही अपार्टमेन्टमा बस्दै आएका थिए । तर, अब उनीहरुको प्रेम टुंगिएको छ ।
योसँगै अपार्टमेन्ट पनि उनीहरुका लागि धेरै भएको छ । यसैले, उनीहरुले अपार्टमेन्ट बेच्ने निर्णय गरे । भारतीय मिडियाकाअनुसार रणवीरले हालै उक्त अपार्टमेन्ट बेचेका छन् । नयाँ अपार्टमेन्ट किन्न लागेकाले उक्त अपार्टमेन्ट बेचेको रणवीरले बताएका छन् ।
अहिले रणवीर नायिका आलिया भट्टको प्रेममा रमाइरहेका छन् । उनीहरु एकसाथ बस्ने तयारीमा रहेको खबर समेत सार्वजनिक भैरहेको छ । उनीहरु नयाँ अपार्टमेन्ट किने तयारीमा रहेको खबर आइरहेको छ । तर, रणवीरले कट्रिनासँग बस्दा किनेको अपार्टमेन्ट भने वेचेर उनीसँगका सबै यादहरु भुल्ने कोशिश गरेका छन् ।