देविहरुलाई समर्पित छ शुक्रवार – यस दिन गरौ महालक्ष्‍मी र संतोषी माताको पूजा 

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

देविहरुलाइ समर्पित छ शुक्रवार

शुक्रवारको दिन देवी माताको पूजाका लागि विशेष हुन्छ। यस दिन उनको हरेक स्वरूपको पूजा हुन सक्छ । यस्तोमा जानौ लक्ष्मी, दुर्गा, र संतोषी मात को आराधनाको महत्व। यस दिन मिठा को दान गर्न सकिन्छ। पौराणिक कथाहरुको अनुसार लगातार १६ शुक्रवारको दिन व्रत रख्नु धेरै फायदजनक हुन्छ। यस दिन सेतो रंगको वस्त्र लगाउनु पनि शुभ मानिन्छ। शक्ति र दुर्गा लाइ प्रसन्न गर्नका लागि यस दिनलाइ धेरै शुभ मानिन्छ। शुक्रवारको व्रत अलग-अलग भाकलका लागि राखिन्छ। कोहि संतान प्राप्ति का लागि यस दिन व्रत राक्छन भने कोहि खुशि जीवनका लागि। बाधाहरु लाइ दूर गर्नकालागि शुक्रवारको व्रत धेरै लाभकारी हुन्छ।

महालक्ष्‍मीको पूजा

महालक्ष्‍मीको पूजाका लागि सर्बप्रथम पवित्र माटोको मूर्ति चौकमा स्‍थाप‍ित गरौ। त्यसपश्चात उनलाई रातो, गुलाबी या फेरि पहेलो रंगको रेशमी वस्त्र लगाउ। यस पूजामा देवी लाई कमल र गुलाबको फूल अवश्य चधाउ, किनभने यो मातालाई अत्‍यंत प्रिय हुन्छ। महालक्ष्‍मीको पूजामा पान, सुपारी, लौंग, इलायची, रोली, कुमकुम, धूप, कपूर र अगरबत्तियोंको प्रयोग अनिवार्य गर्नु पर्दछ। साथै दुर्वा, चंदन र सिंदूर राख्ना पनि नभुलौ । सामर्थ्‍य अनुसार पूजामा सुन या चांदीको कुनै एक आभूषण पनि शाम‍िल गर्न सकिन्छ।

महालक्ष्‍मीको पूजामा माताको यो आठ नामको जप गर्नु अति उत्‍तम मानिन्छ।

ऊं आद्यलक्ष्म्यै नम:, ऊं विद्यालक्ष्म्यै नम:, ऊं सौभाग्यलक्ष्म्यै नम:, ऊं अमृतलक्ष्म्यै नम:, ऊं कामलक्ष्म्यै नम:, ऊं सत्यलक्ष्म्यै नम:, ऊं भोगलक्ष्म्यै नम:, ऊं योगलक्ष्म्यै नम:।

शास्‍त्र अनुसार यस व्रतको उल्लेख महाभारत कालमा पनि मिल्छ जब माता कुंती तथा गांधारीलाई व्‍यास जी ले यसको जानकारी दिएका थिए। माता महालक्ष्‍मीको बारेमा भनिन्छ कि उनि आफ्नो भक्‍तहरुको समस्‍त मनोकामना पुरा गर्छिन।

संतोषी माताको पूजाले पनि मिल्छ उत्तम फल

शुक्रवारमा देवीको यस स्‍वरूपको पनि पूजा हुन्छ । सुख-सौभाग्यको कामना पुर गर्न संतोषी माता को १६ शुक्रवार सम्म व्रत गर्ने विधान छ। यस दिन सूर्योदय भन्दा पहले उठेर घरको सफ़ाई इत्यादि पूर्ण गरौ। स्नानादि पछि घरको कुनै पवित्र ठाउमा माता संतोषीको प्रतिमा या चित्र स्थापित गरौ। उनको सम्‍मुख जलले भरिएको कलश राखौ र त्यसको माथि एक कटोरा गुड़ चनाले भरेर राखौ। माताको समक्ष घिउको दीपक जलाउ, फेरि अक्षत, फ़ूल, इत्र, नारियल, लाल वस्त्र या चुनरी अर्पित गरौ। देवी लाइ गुड़ चनाको भोग लगाउ र कथा पढौ र आरती गरौ। कथा समाप्त भए पछि गुड़ चना गाईलाइ खिलाउ। कलशमा रखेको गुड़ चनाको प्रसाद सबैलाइ बाटौ। कलशको जल लाइ घरको सबै ठाउमा छर्कौ र बचेको जल तुलसीको क्यारीमा हलिदिउ । ध्‍यान राखौ यो व्रत गर्नेले यस दिन अमिलो चिजलाइ न त खानु हुन्छ नत छुनुनै हुन्छ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *