भारतको विशाल भवनमा आगलागी हुदा २१ को मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

काठमाडौं 

भारतको सुरतस्थित एक विशाल भवनमा शुक्रबार आगो लाग्दा कम्तिमा २१ जनाको जलेर मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । शहरको तक्षशिला कम्प्लेक्समा आगलागी भएको जनाइेको छ।

२० जनाको जलेर मृत्यु भएको हो भने १ जनाको भवनको चौथोतलाबाट हाम फाल्दा ज्यान गएको हो। मृत्यु हुनेमा १८ जना महिला र ३ जना पुरुष रहेका छन्। ज्यान जानेमा १५ वर्षदेखि २२ वर्ष उमेर समुहका रहेका छन्।

आगलागीबाट ११ जना गम्भिर घाइते भएका छन्। आगो लागेको सूचना पाएको आधा घण्टापछिमात्र त्यहाँ दमकल र फायर फाइटर पुगेको जनाइेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन्।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *