काठमाडौं
उत्तरी पेरुमा ८ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी जियोलोजिकल सर्भेका अनुसार आइतबार पकाउवा सामिरिया नेशनल रिजर्भ पार्कलाई केन्द्र विन्दु बनाएर सो गएको हो ।
उक्त भूकम्प उत्तरी पेरुको सान मार्टिन क्षेत्रको राजधानी मोयोबाम्बाबाट १८० किलोमिटर तटीय क्षेत्रमा भूकम्प गएको अन्तर्ाष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्प करिब १०५ मिलोमिटर गहिराईमा रहेको र यसको सतही मापन ७.५ म्याग्नीच्युड रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पको केन्द्रविन्दुबाट करिब १५० माइल टाढाको क्षेत्रसम्म ठूलो धक्का दिएको भूकम्पले के कति क्षति पुगेको छ भन्नेबारे भने केही सार्वजनिक गरिएको छैन ।
भूकम्पको धक्का पेरुसहित ब्राजिल, कोलम्बिया तथा इक्वाडोरमा समेत महशुस गरिएको छ ।