काठमान्डौ
गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग ५ सय भन्दा बढी सेना भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै सोमबार उनले विप्लव समूहसँग चार कम्पनी सेना रहेको खुलासा गरेका हुन् । एक कम्पनीबराबर एक सयदेखि १ सय ५० (सामान्यत १ सय २५) सेना हुन्छन् ।
‘जनसेनाका रूपमा उनीहरूले चार कम्पनी निर्माण निर्माण गरिसकेका छन् । त्यसैगरी जनसरकारका रूपमा जनपरिषद् संस्था पनि गठन गरेका छन्,’ उनको भनाई थियो ।
गृहमन्त्री थापाले नेकपा गठन गरेर विप्लव समूहले संविधान र राज्य व्यवस्थाविरूद्ध गैरकानुनी र शान्ति विरोधी गतिविधि गर्दैं आएको समेत बताए । तर पनि सरकारले उनीहरुसँग वार्ता अगाडि बढाएको उनले जानकारी दिए ।