भय बाट मुक्त गर्छन बजरंगबलीले
यस्तो मान्यता छ कि हनुमान जी शीघ्र प्रसन्न हुने देव हुन, र जो पनि श्रदाभावबाट उनको आराधना गर्दछ उ भय या कुनै पनि किशिमको डर बाट मुक्त हुन्छ । सबैभन्दा खास कुरा के छ भने हनुमान जी लाई प्रसन्न गर्न एक्दम सजिलो छ। कुनै पनि बाधा उनको स्मरणले मात्र पनि दूर हुन्छ। हनुमान जी सबै किशिमको सिद्धिहरुकोको दाता पनि मानिनुहुन्छ। उनलाई प्रसन्न गरेर कुनै पनि सिद्धि र शक्ति प्राप्त गर्न सकिन्छ। सूर्यका शिष्य हनुमान जी धेरै ज्ञानी पनि हुनुहुन्छ।
हनुमान जि को साधनाको नियम
यो साचो हो कि हनुमान जी क्रोध नगर्ने र सहज प्रसन्न हुने देवता हुन, परंतु उनको साधना गर्नु भन्दा पहिले केही नियमको बारेमा अवश्य जानौ। बिना यि नियमहरुको पालन गरी हनुमानजि को पुजा गर्दा तपाई हनुमान जी लाई प्रसन्न त गर्न सक्नु हुदैन साथसाथै उहालाई क्रोधित पनि गर्नु हुनेछ ।
१- पूजन को समय अवश्य ब्रह्मचर्य को पालन गरौ।
२- सेवा भावना राखौ र क्रोध र अहंकार बाट दूर रहौ।
३- हनुमान जी लाइ घिउको लड्डू को प्रसाद चढ़ाउ।
४- तामसिक भोजन को परित्याग गरौ।
५- मंगलवारको दिन हनुमान जी को व्रतमा नुन सेवन न गरौ।
हनुमान जी को साधनामा ध्यान राख्नु पर्ने कुरा
हनुमान जी को पूजा गर्नेले केहि कुराको विशेष ध्यान राखेमा उहालाइ प्रसन्न गर्न सकिन्छ।
१- हनुमान जी लाई श्री राम संग अत्यंत प्रेम छ त्यसैले तुलसीदास उहा लाई धेरै प्रिय थिए। राम नाम को स्मरण गर्दा तुलसीलाई हनुमान सजिलै प्राप्त भएका थिए। अत: रामायण को पाठ नित्य गरौ र पूजाको समय बार-बार न बदलौ।
२- हनुमान चालीसामा तुलसीदासले पनि भनेका छन की राम रसायन तुम्हरे पासा, यहां राम रसायन राम नामको जापलाई नै भनिएको छ त्यसैले यसलाइ स्मरण गरी तपाई पनि हनुमान जी को प्रिय बन बन्नुहुनेछ।
३- हनुमान चालीसाको पाठ गरे पनि पवन पुत्र प्रसन्न हुनुहुन्छ त्यसैले दैनिक यसको ११ पटक पाठ गर्दा उनको आर्शिवाद अवश्य मिल्नेछ।