गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा : राष्ट्रपति

समाचार
शेयर गर्नु होला

काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले १४ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएको छ । सन्देशमा उहाँले विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिका रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था जीवनपद्धतिका रूपमा स्थापित र संस्थागत् हुँदै जानु गौरवको विषय रहेको बताउनुभएको छ ।

आज दिनुभएको सन्देशमा राष्ट्रपतिले देशमा सुशासन, द्रुततर आर्थिक सामाजिक विकास सहित समृद्धि हासिल हुने आम नेपालीको अपेक्षा साकार पार्नु सबैको सामूहिक दायित्व रहेको औँल्याउनु भएको छ ।

उहाँले सामाजिक न्याय र समानतामा आधारित समाजवादौन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर हुँदा समृद्धि हासिल हुने विश्वास आफूले लिएको बताउनुभएको छ । उहाँले मुलुकको समग्र विकास र समृद्धिका लागि अाअफ्नो क्षेत्रबाट सबै नेपालीलाई योगदान गर्न आव्हान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमा गणतन्त्र दिवसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा प्राप्त हुने शुभेच्छा प्रकट गर्नुभएको छ ।

 


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *