इजरायलमा नेतान्याहुले सरकार बनाउन असफल, १ महिनामै संसद् भंग

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

बीबीसी

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहूको गठबन्धन सरकार गठन गर्न असफल भएपछि इजराइलको संसदले संसद भंग गर्ने पक्षमा मतदान गरेको छ। संसद भंग भएसँगै इजराइलमा १७ सेक्टेम्बरमा फेरि चुनाव हुने भएको छ।

नेतन्याहूले अघिल्लो महिना भएको चुनावपछि नयाँ दक्षिणपन्थी गठबन्धन बनाउनकालागि सम्झौता गर्न असफल भएका छन्। गठबन्धन बनाउन बुधबाररातिसम्मको समय दीएको थियो।

समयसीमा भित्र गठबन्धन निर्माण गर्न नसकेपछि संसद भंग गर्ने प्रस्तावको पक्षमा ७५ मत र विपक्षमा ४५ मत परेको थियो। अप्रिलमा भएको निर्वाचनमा १२० सिटमध्ये नेतन्याहूको लिकुड पार्टीले ३५ सिटमा जित हासिल गरेको थियो।

नेतन्याहूलाई पाँचौं पटक प्रधानमन्त्रीका रुपमा कार्यकाल पूरा गर्ने मौका प्राप्त हुन सक्थयो। तर उनी पूर्व रक्षामन्त्री एभिग्दोर लिबरमनसँग सम्झौता गर्न असफल भए। उनको समर्थक विना सरकार गठन गर्न संभव थिएन।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *