मोक्सिकोमा बस दुर्घटना, २१ जनाको मृत्यु

अन्तर्राष्ट्रिय
शेयर गर्नु होला

भेराक्रुज

मेक्सिकोको पूर्वी क्षेत्रको भेराक्रुज राज्यमा बुधबार भएको सडक दुर्घटनामा कम्तीमा २१ जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएका छन् । प्रहरीका अनुसार यात्रु बोकेको पर्यटक बससँग मिनिट्रक ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै बसमा आगलागी पनि भएको थियो । स्थानीय आपतकालीन टोली पुगेर बसमा यात्रारत व्यक्तिहरुको उद्धार गरेको थियो । घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ । प्र

त्यक्षदर्शीका अनुसार ओरालोमा गुडिरहेको बसको ब्रेकले काम नगरेका कारण मिनीट्रकमा बस ठोक्किएको थियो । (रासस-एएनआइ)


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *