‘ईदुल फित्र’को दिन सार्वजनिक विदा

समाचार
शेयर गर्नु होला

काठमान्डौ

सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद बैठकको पछिल्लो निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय भएको बताए ।

मुस्लिम आयोगको सिफारिसमा उक्त दिन सार्वजनिक विदा दिने निर्णय भएको हो । यस वर्ष आगामी जेठ २३ गते इदुल फित्र पर्दछ ।

त्यसैगरी सरकारले लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई बर्खास्त गरेको छ । मन्त्री बास्कोटाले मन्त्रीपरिषद बैठकले कोषका सदस्य सचिव ढकाललाई बर्खास्त गर्ने निर्णय गरिएको बताए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *