को हुन शनिदेव ! उनलाई कसरी प्रशन्न गर्ने

धर्म दर्शन फोटो फिचर
शेयर गर्नु होला

को हुन शनिदेव

शास्‍त्रको अनुसार शनिदेव सूर्य देव र देवी छायाका पुत्र हुन। इनको जन्म ज्येष्ठ महिनाको अमावस्यामा भएको थियो । शुद्ध मन बाट प्रत्‍येक शनिवारको दिन व्रत राखदा शनि अत्‍यंत प्रसन्‍न हुन्छन्। यस्तो गर्ने ब्यक्ति  माथि उनको कुपित दृष्‍टि पर्दैन। शनिको प्रभाव पनि खत्‍म हुन्छ ।नव ग्रहहरुमा सातौ ग्रह मानिने शनिदेव संग मनुस्य सबै भन्दा ज्यादा डराउन्छन तर शनि कसैको अहित गर्दैनन। उनि ब्यक्तिहरुको कर्म अनुसार न्‍याय गर्छन। शायद त्यसैले उनलाई न्‍यायाधीश को रूपमा पनि जानिन्छन। शनिवारमा शनिदेवको पूजा गर्दा व्यक्ति माथिको साढ़ेसाती र ढैया समाप्‍त हुन्छ। यसको अलावा कुंडलीमा भएको कमजोर शनिको प्रभाव पनि नाश हुन्छ।

विशेष लाभका लागि गरौ यो उपाय

यसदिन केहि खास उपाय पनि गर्न सकिन्छ । जस्तो सूर्योदय भन्दा पहिला शरीरमा तेल मालिश गरेर स्नान गरौ। यस दिन ब्रह्मचर्यको पालन गर्दा लाभ मिल्छ। कुनै पनि यात्र नगरौ । गाइ र कुकुरलाइ तेलमा बनेको चीजहरु खिलाउ यसले विशेष लाभ हुन्छ। यस दिन शनि मंदिरमा शनिदेवको साथै हनुमान जी को दर्शन गर्नु शुभ हुन्छ। शनिदेवको आखामा हेर्नु हुदैन र प्रयास गरौ कि शनिवारको दिन सूर्य देवको पूजा नगरौ।

कसरी गर्ने पुजा 

शनि जयंतीमा प्रात:काल उठेर स्‍नानादि गरेर शुद्ध होउ। त्यस पछी काठको टुक्रामा एक कालो कपड़ा बिछाएर त्यस माथि शनिदेवको प्रतिमा राखौ। त्यसपश्चात उनको मुर्तिको राखिएको काठको टुक्राको दुइटै कुनामा घिउको दीपक जलाउ र सुपारी चढ़ाउ। त्यसपश्चात शनिदेवलाई पंचगव्य, पंचामृत, इत्र बाट स्नान गराउ। उनिलाइ कालो या नीलो रंगको फूल चढाउ। त्यसपश्चात गुलाल, सिंदूर, कुमकुम र काजल लगाउ। पूजामा तेलमा तलेको वस्तुहरुको नैवेद्य समर्पित गरौ। यस दौरान शनि मंत्रको कम से कम एक माला जप गरौ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *