च्याम्पियन्स लिगको उपाधि लिभरपुललाई

खेलकुद
शेयर गर्नु होला

एजेन्सी 

इंग्लिश क्लब लिभरपुलले क्लब फुटबलकै सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनल खेलमा टोटेनहमलाई २–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले उपाधि जितेको हो ।

स्पेनको मड्रिडमा भएको खेलमा लिभरपुललाई उपाधि दिलाउन मोहमद सलाह र डिभोक ओरिगीले एक एक गोल गरे । खेलको पहिलो मिनेटमै सलाहको पेनाल्टी गोलमा लिभरपुलले अग्रता बनाएको थियो ।

टोटेनहमका मौसा सीसोकोले ह्याण्ड गरेपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो । जसमा सलाहले सहजै गोल गरे । त्यसपछि खेलको ८७ औं मिनेटमा सब्सिच्युड खेलाडी ओरिगीले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । ओरिगी ५८ औं मिनेटमा रोबर्टो फिर्मिन्होको स्थानमा मैदान छिरेका थिए ।

योसंगै लिभरपुलले छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यता, पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको टोटेनहम भने उपाधि जित्नबाट बन्चित बनेको छ । टोटेनहमका केहि उत्कृष्ट प्रहारहरु लिभरपुलका गोलकिपर एलिसन बेकरले उत्कृष्ट बचाउ गरेका थिए ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *