नेइमार माथि यौन हिंसाको आरोप

अन्तर्राष्ट्रिय खेलकुद
शेयर गर्नु होला

एजेन्सी

स्टार फुटबलर नेइमारमाथि एक यौन हिंसाको आरोप लागेको छ । ब्राजिलका फुटबल स्टार नेइमारविरुद्ध ब्राजिलको साओ पाओलोमा एक महिलाले आफूमाथि यौन हिंसा गरेको आरोप दर्ता गरेको बीबीसीले जनाएको छ । ती महिलाले पेरिसको एक होटलमा आफूमाथि नेइमारले यौन हिंसा गरेको आरोप लगाएकी छन् ।

आरोपका सम्बन्धमा नेइमार या उनका प्रतिनिधिले कुनै प्रतिक्रिया दिएका छैनन् । नेइमार अहिले कोपा अंेरिकाको तयारीका लागि ब्राजिलको राष्ट्रिय टिममा छन् र अभ्यास गरिरहेका छन् । ती महिलाले प्रहरीमा दिएका उजुरीका आधारमा आफूले नेइमारलाई इन्स्टाग्राम मार्फत चिनेको उल्लेख गरिएको छ ।

नेइमारकै आग्रहमा पेरिसमा आफूहरुको भेट भएको ती महिलाले उल्लेख गरेकी छन् । महिलाको नाम खुलाइेको छैन । ब्राजिलकी ती महिलालाई नेइमारले नै फ्रान्सका लागि विमान टिकटको व्यवस्था गरेका थिए र उनका लागि होटल साफिटेल पेरिसमा कोठा बुक गरिदिएको थिए । घटना गएको यहि मे १५ को रहेको बताइेको छ ।

नेइमार होटल अैपुग्दा रक्सीले मातेको अवस्था रहेको ती महिलाले आरोप लगाएकी छन् । केही गफगाफ र असहज वातावरणपछि नेइमार आक्रोशित बनेको र आफ्नो इच्छा विपरित यौन सम्बन्ध कायम गरेको ती महिलाले आरोप लगाएकी छन् ।

ती महिला दुई दिनपछि ब्राजिल फर्किएकी थीइन् । उनले आरोपित घटनाका बारेमा फ्रेन्च प्रहरीमा उजुरी दिएकी थीनन् । महिला भावनात्मक रुपमा डरको अवस्थामा रहेको र अर्को देशमा घटना दर्ता गर्न डराएकाले ब्राजिलमै गरिएको प्रहरी उजुरी दर्ता गर्दाको कागजातमा उल्लेख छ ।

नेइमारका पिता नेइमार डोस सान्तोसले भने सम्पूर्ण घटना आफ्नो पुत्रलाई ‘ट्रयाप’ मा पर्नेका लागि रचिएको स्पष्ट रहेको उल्लेख गरेका छन्। ती युवतीसँग नेइमारको ह्वाट्सएपमा भएको कुराकानी सार्वजनिक गर्न पर्ने भए पनि आफूहरु तयार रहेको उनले उल्लेख गरेका छन् ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *