स्कर्पियोले मोटरसाइकललाई ठक्कर दिदा सानेपामा दुईको मृत्यु

समाचार
शेयर गर्नु होला

काठमाडौं 

ललितपुरको सानेपामा स्कर्पियो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरीका गोविन्दप्रसाद शर्मा र नुवाकोटका चन्द्रमणि मुडभरी छन् । शर्मा नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना)का अध्यक्षसमेत हुन् ।

महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले दुर्घटनामा परेका दुई जनालाई नर्भिक अस्पताल लगिएको पुष्टि गरे । तर, उपचारका क्रममा दुवैको मृत्यु भएको उनले जनाए ।

उनका अनुसार कोटेश्वरबाट बल्खुतर्फ जाँदै गरेको बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *