नेकपा बैठकमा विवाद : जिल्लाकै सिनियर नेतालाई जिम्मेवारी दिन माग

राजनीति समाचार
शेयर गर्नु होला

काठमान्डौ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक मंगलबार दिउँसो प्रधानमन्त्री कार्यलय बालुवाटारमा बसेको छ । बिहान बसेको बैठकमा पार्टीको जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोट विधि र मापदण्ड विपरीत भएको भन्दै वरिष्ठ नेता माधव नेपाल बाहिरिएका थिए ।

बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज छनोट गर्न मापदण्डबारे पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित वरिष्ठ नेताबीच छलफल भएको थियो । छलफलमा इञ्चार्ज तथा सहैञ्चार्ज छनोट विधि प्रक्रिया विपरीत भएको बताउँदै नेता नेपाल बाहिरिएका हुन्।

बैठकले जिल्ला इञ्चार्ज तथा सहैञ्चार्जमा मन्त्री, सांसद, प्रदेशसभा सदस्यलाई बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भएको थियो । अध्यक्ष ओलीले मन्त्री, सांसद, प्रदेशसभा सदस्य भएकालाई इञ्चार्ज तथा सहइञ्चार्ज बनाउने पक्षमा देखिएपछि विवाद भएको हो ।

बैठकमा मन्त्री सांसद भएकालाई जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज बनाउँदा दोहोरो जिम्मेवारी हुने भएकाले जिल्लाकै सिनियर नेतालाई इन्चार्ज तोक्न नेता नेपालको माग रहेको छ । बैठक जारी रहेकाे छ । नयापत्रिका


शेयर गर्नु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *